स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भए अनमोल



काठमाडौँ।
आपराधिक विश्वासघातको आरोपमा शुक्रवार पक्राउ परेका अभिनेता अनमोल केसी अस्पताल भर्ना भएका छन् । उनको स्वास्थ्यमा समस्या देखिएपछि चिरायु अस्पताल महाराजगन्जमा भर्ना भएको बताइएको छ ।

चलचित्र ‘रावायण’को निर्माण कम्पनी सुदर्शन थापा प्रोडक्सनको तर्फबाट सुप्रिया कटुवाल (चन्द्रकला कटुवाल)ले दिएको उजुरीको आधारमा केसी पक्राउ परेका हुन् । छलफलको लागि पटक पटक प्रहरीले बोलाउँदा नगएपछि अदालतबाट अनुमति लिएर उपत्यका प्रहरी अपराध महाशाखाले केसीलाई पक्राउ गरेको हो ।

कटुवालले असोज ८ गते अनमोल विरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । केसीमाथि प्रि प्रोडक्सनमा एक करोड १५ लाख खर्च भइसकेपछि अनमोलले काम गर्न अस्वीकार गरी विश्वासघात गरेको आरोप लगाइएको छ । ‘रावायण’मा काम गर्ने वचन दिएर अन्तिम समयमा धोका दिएको भन्दै उजुरी दिइएको थियो ।

सो चलचित्रमा काम गर्नको लागि अनमोलले अग्रिम पारिश्रमिकस्वरुप १० लाख रुपैयाँ लिएको बताइएको छ । यद्यपि अनमोलले ‘रावायण’मा काम गर्न औपचारिक सम्झौता नगरेको बताएका थिए ।

केसीलाई आइतबार अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।

*  (नोट-  यसअघि प्रकाशित समाचारमा ‘चिरायु अस्पताल महाराजगन्ज’ हुनुपर्नेमा अन्यथा भएकोमा क्षमा याचनासहित सच्याइएको छ – सम्पादक ।) 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu