‘दिमाग खराब’को गीत ‘हितैको माया’ सार्वजनिक



काठमाडौँ। प्रतीक्षित चलचित्र ‘दिमाग खराब’को ‘हितैको माया’ गीत सार्वजनिक भएको छ । यस गीतमा जयन जे सुब्बाको शब्द रचना तथा सङ्गीत र सुगम पोखरेल र इन्दकला राईको स्वर रहेको छ ।

मुख्य अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री स्वस्तिमा खड्का र रमा थपलियालाई यसको भिडियोमा फिचर्ड गरिएको छ ।

निश्चल बस्नेत निर्देशित यस चलचित्रका यसअघि सार्वजनिक पोस्टर, टिजर, गीत र ट्रेलरले दर्शकमाझ निकै राम्रो हाइप निर्माण गरेको छ । जसको प्रभाव आगामी कात्तिक २४ गतेबाट हलमा देखिने विश्वास निर्माण टिमको छ । यो चलचित्र कात्तिक २४ गते नै नेपाल बाहेक विश्वभरका धेरै देशमा रिलिज हुँदै छ ।

सिनेमा आर्ट्स र ब्ल्याक हर्ष पिक्चर्सको निर्माण रहेको यसमा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धिरज भट्ट, राहुल सिवाकोटी, नवीन खड्कालगायतको पनि अभिनय छ । निर्देशक निश्चल बस्नेत र अभिनेत्री सुपुष्पा भट्ट पनि एक गीतमा विशेष भूमिकामा देखिएका छन् ।

आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको यो चलचित्र राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो । रौनक विक्रम कँडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रूपमा रहेका छन् ।

सुसन प्रजापतिको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको सङ्गीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu