अस्ट्रेलियामा गायक सुगमले माइक्रोफोनले दर्शकलाई हानेपछि … (भिडियो सहित)



काठमाडौँ।
चर्चित गायक सुगम पोखरेलले गत साँझ अस्ट्रेलियाको एडलेडमा भइरहेको आफ्नो कन्सर्टमा दर्शकलाई माइक्रोफोनको झटारो हानेका छन् । आइतबार बिहानै देखि टिकटक, फेसबुक र युट्युबमा भाइरल भइरहेको भिडियोमा पोखरेल मातेको अवस्थामा देखिएका छन् ।

स्टेज पुगेपछि सुगमले नेपालमा भूकम्पमा परी ज्यान गएकाहरूको लागि मौन धारणको लागि २ पटकसम्म अनुरोध गरेका छन् । मौन धारणमा दर्शकले खासै चासो नदिएपछि उनले एक जना दर्शकलाई झटारो हानेको भिडियोमा देखिन्छ । उनले झटारो मात्र हानेका छैनन् उनले ‘… * कसम’ भन्दै स्टेजबाट दर्शकदिर्घामा हाम फाल्दै ती व्यक्ति भएकोतिर जान खोज्दा सुरक्षा गार्डले रोकेर स्टेज लैजान्छन् । स्टेज पुगेपछि पोखरेलले पुनः झटारो हानेका छन् ।

भिडियोमा के छ ?
सुगम: मैले भर्खर सुने नेपालमा १३० जना बित्नुभएको छ । (दर्शकबाट हल्ला भइरहेको छ)
सुगम: ओए, ब्रुस लीको भाइ हल्ला नगर्नु न ! हाम्रो घरको मान्छे पनि हुन सक्छन् । काठमाडौँमा हरेक घरको मान्छे हुन्छन् आजकल । एकचोटी उहाँहरूको लागि मौन धारण गरौँ न ।(दर्शकबाट हल्ला भइरहेको छ)
सुगम: साईलेन्स ! (एक छिन उनी बोल्दैनन्)
सुगम: बहिनी कमला, बिमला त पोईला गइन् दोकान समाल (गीत) । एक छिन एक छिन । नेपालमा धेरै जना बित्नुभएको छ । आज मैले पोस्ट गर्दा खेरी मलाई बडो नरमाइलो लागिराको छ । वि बिलंग टु द्याट कन्ट्री ।
(सुगम एक जना दर्शकसँग रिसाउँछन्)
सुगम: ए भाइ, तिमीलाई …* कसम झट्टी हान्छु फेरी । (सुगमले औँला ठड्याउँछन्) यसलाई बोला त यो भाइलाई । आई नीड टु टल्क विद हिम, कमअन । यो यो तालुवाला भाइलाई ।
सुगम स्टेजबाट तल झर्छन् । सुरक्षा गार्डले रोकेपछि उनले माइक्रोफोनले झटारो हान्छन् । सुरक्षा गार्डले रोकेर पुनः स्टेज लैजान्छन् । स्टेज पुगेपछि पोखरेलले फेरी झटारो हान्छन् । त्यसपछि उनलाई स्टेजको पछाडि लगिन्छ ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu