सुपर हिट गीत ‘तिम्रो मनमा लुकेको कुरा’ नयाँ ‘भर्सन’मा सार्वजनिक



काठमाडौँ।
सदाबहार सुपर हिट गीत ‘तिम्रो मनमा लुकेको कुरा’को रिमेक गरिएको छ । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बिच यसको भिडियो सार्वजनिक गरिएको छ ।

३३ वर्ष अघिको सुपरहिट चलचित्र ‘चिनो’को सो गीतमा ओरिजिनल स्वर स्वरसम्राट नारायण गोपाल र भारतीय गायिका आशा भोष्लेको रहेको छ भने रिमेकमा शङ्कर श्रेष्ठ र अन्नु चौधरीले स्वर दिएका छन् । रनजित गजमेरको सङ्गीत रहेको यस गीतमा कुसुम गजमेरको शब्द रचना रहेको छ ।

रिमेकको भिडियोलाई सन्तोष राजवाहकले निर्देशन गरेका छन् भने भुवन केसी, शर्मिला मल्ल, सुरवीर पण्डित, शिशिर भण्डारी, शङ्कर श्रेष्ठ,अश्विनी शाही लगायतको अभिनय रहेको छ । भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईँले छायाङ्कन र दिन्सन शाहले सम्पादन गरेका छन् । दुई भागमा निर्माण गरिएको भिडियोमा माया प्रेम र सम्बन्धको कथालाई प्रस्तुत गरिएको छ ।

रिमेक गीत सार्वजनिक कार्यक्रममा सङ्गीतकार गजमेरको पनि उपस्थिति थियो । साथमा अभिनेत्री शर्मिला मल्ल,अभिनेत्री गौरी मल्ल, निर्माता मोहन सराफ लगायतको उपस्थिति थियो ।

भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै गजमेरले ३३ वर्ष अघि मुम्बईमा गीत रेकर्डिङको समयको स्मरण गरे । उनले भने “त्यति बेला नारायण गोपाल र आशा भोष्लेले गीतमा न्याय दिएका थिए । नयाँ गायक गायिकाको स्वरलाई पनि दर्शक श्रोताले मन पराउनु हुनेछ भन्ने मलाई लागेको छ ।

सो कार्यक्रममा शिशिर भण्डारीको लेखन तथा निर्माणमा बन्ने सामाजिक वेब सिरिज ‘फोटो फिरिम’माको औपचारिक घोषणा पनि गरिएको थियो । यो सिरिजलाई सन्तोष राजवाहकले निर्देशन गर्नेछन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu