एक्टरमा आना, प्रदीपसँग कस्तो बन्ला जोडी ?



काठमाडौँ। अभिनेता प्रदीप खड्काको प्रमुख भूमिकामा अभिनय रहने चलचित्र ‘एक्टर’मा अभिनेत्री आना शर्मा अनुबन्धित भएकी छन् । अनुबन्धित भएसँगै प्रदीपसँग आनाको पहिलो रोमान्स हुनेछ ।

राजन भुसालको निर्देशनमा तयार हुने चलचित्रमा थमनकुमार भण्डारीको लगानी छ । अदृत फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको यो चलचित्रको सह–निर्मातामा एनिस भुसाल छन् । यो चलचित्रको छायाङ्कन केही महिनामा नै सुरु हुनेछ ।

यस चलचित्रलाई सन् २०२५ मा रिलिज गर्ने तयारीमा निर्माण पक्ष छ । यो चलचित्रमा नरेन्द्र मैनालीको छायाङ्कन रहनेछ । चलचित्रमा रित बोहरा सहयोगी निर्देशकको रूपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu