चलचित्र ‘परालको आगो’ देशभरका सिनेमा घरहरूमा प्रदर्शनमा



नेपाली चलचित्र ‘परालको आगो’ आज (शुक्रबार) बाट देशभरका सिनेमा घरहरूमा प्रदर्शनमा आएको छ। दर्शकहरूको उत्साहजनक पर्खाइ र चासोलाई मध्यनजर गर्दै हल सञ्चालकहरूले यस चलचित्रलाई देशभर डेढ सयभन्दा बढी शो उपलब्ध गराएका छन्। प्रदर्शनको पहिलो दिन बिहानैदेखि धेरैजसो सिनेमा हलहरूमा दर्शकको बाक्लो र उत्साहजनक उपस्थिति देखिएको छ। चलचित्रका निर्माता सुशील पोखरेलका अनुसार बिहानी पखका अधिकांश शोहरू ‘हाउसफुल’ रहेका छन्। दर्शकहरूको यही माया र प्रतिक्रिया प्रत्यक्ष रूपमा बुझ्न तथा साटासाट गर्न निर्माण टोली बिहानैदेखि विभिन्न हलहरूमा पुगिरहेको छ।

नेपाली साहित्यका प्रख्यात कथाकार गुरुप्रसाद मैनालीको कालजयी कृति ‘परालको आगो’ को कथावस्तुमा आधारित रहेर निर्माण गरिएकाले पनि यस चलचित्रप्रति आम दर्शकको व्यग्र प्रतीक्षा रहेको थियो। १३५ मिनेट लामो यस चलचित्रलाई सेन्सर बोर्डले सबै वर्गका दर्शकले हेर्न मिल्ने गरी ‘युनिभर्सल’ प्रमाणपत्र प्रदान गरेको छ। चलचित्रको पर्दामा सुहाना थापा, सौगात मल्ल र प्रकाश सपुत मुख्य भूमिकामा प्रस्तुत भएका छन्। उनीहरूका साथै सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ लगायतका कलाकारहरूको पनि यसमा सशक्त अभिनय रहेको छ।

हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रमा सुशील पोखरेलको मुख्य लगानी रहेको छ भने सुलभी पोखरेल र सत्यम पोखरेल निर्माताको रूपमा रहेका छन्। 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu