नवीनको गाउँ आएको बाटो गोटेबर्ग महोत्सवमा छनौट



काठमाडौँ।
नवीन सुब्बाको नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ युरोपको ‘४७ औँ गोटेबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, २०२४’मा छनौट भएको छ। स्विडेनमा हुने यही महोत्सवमा यसको युरोपियन प्रिमियर हुने बताइएको छ ।

२०२४ जनवरी २६ देखि फेब्रुअरी ४ सम्म चल्ने गोटेबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सव स्केन्डेभियन क्षेत्रको सबै भन्दा ठुलो महोत्सव मात्र नभएर युरोपको पनि महत्त्वपूर्ण चलचित्र महोत्सव समेत हो।

‘गाउँ आएको बाटो’मा दयाहाङ राई , पशुपति राई , प्रसन राई ,केशव राई , सुमित्रा राई , राज थापा र प्रेम सुब्बा लगायतका कलाकारले अभिनय रहेको छ। टोरोन्टो चलचित्र महोत्सवमा विश्व प्रिमियर भएको यो चलचित्र बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, एसियन प्रिमियर , मामी मुम्बईमा साउथ एसियन प्रिमियर भइसकेको छ।

नेपालमा भने २०८१ जेठ १८ गते रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu