काठमाडौँ।
नवीन सुब्बाको नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ युरोपको ‘४७ औँ गोटेबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, २०२४’मा छनौट भएको छ। स्विडेनमा हुने यही महोत्सवमा यसको युरोपियन प्रिमियर हुने बताइएको छ ।
२०२४ जनवरी २६ देखि फेब्रुअरी ४ सम्म चल्ने गोटेबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सव स्केन्डेभियन क्षेत्रको सबै भन्दा ठुलो महोत्सव मात्र नभएर युरोपको पनि महत्त्वपूर्ण चलचित्र महोत्सव समेत हो।

‘गाउँ आएको बाटो’मा दयाहाङ राई , पशुपति राई , प्रसन राई ,केशव राई , सुमित्रा राई , राज थापा र प्रेम सुब्बा लगायतका कलाकारले अभिनय रहेको छ। टोरोन्टो चलचित्र महोत्सवमा विश्व प्रिमियर भएको यो चलचित्र बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, एसियन प्रिमियर , मामी मुम्बईमा साउथ एसियन प्रिमियर भइसकेको छ।
नेपालमा भने २०८१ जेठ १८ गते रिलिज हुनेछ ।