‘कुटुमा कुटु’को २० करोड भ्यूजः नेपालको जनसङ्ख्याभन्दा सात गुणा बढी पटक हेरियो



काठमाडौँ।
चलचित्र ‘दुई रुपैयाँ’ मा समावेश चर्चित गीत ‘कुटुमा कुटु’ लाई युट्युबमा नेपालको जनसङ्ख्याभन्दा झन्डै सात गुणा बढी भ्यूज मिलेको छ । नेपालको जनसङ्ख्या ३ करोड नजिक छ । यस गीतलाई युट्युबमा मात्र २० करोडभन्दा बढी पटक हेरिएको छ । छ वर्ष अगाडि युट्युब रिलिज भएको यो गीत राजनराज सिवाकोटीले तयार पारेका हुन् ।

‘कुटुमा कुटु’ ले ऐतिहासिक रेकर्ड बनाएको छ । आजसम्म कुनै नेपाली गीतलाई युट्युबमा २० करोड पटक हेरिएको रेकर्ड छैन । यस गीतले पाएको सर्वाधिक भ्यूजलाई सङ्गीतकर्मीले ऐतिहासिक क्षण बताएका छन् । यो रेकर्ड तोड्न नेपाली गीतलाई निकै ठुलो चुनौती देखिन्छ ।

गीतले झैँ चलचित्र ‘दुई रुपैयाँ’ ले बक्स अफिसमा रेकर्ड नबनाए पनि पैसा भने राम्रै छापेको थियो । यो गीतका कारण पनि चलचित्रको इनिसियल बक्स अफिस बलियो देखिएको थियो । ‘कुटुमा कुटु’ गीतमा राजनलाई गायिका मेलिना राईले गायनमा साथ दिएकी छन् । प्रायः राजनराजले तयार गरेका फिल्मका गीतले युट्युबमा करोड भ्यूज बटुलेका छन् ।

यस गीतमा अभिनेत्री स्वस्तिमा खड्कासँगै अभिनेता द्वय निश्चल बस्नेत, आसिफ शाह र बुद्धि तामाङले ठुम्का लगाएका छन् । यो गीतमा ठुम्का लगाएर लाइमलाइटमा आएकी स्वस्तिमा अहिले नेपाली चलचित्रकी डिमाण्डेड अभिनेत्रीमा पर्छिन् । यो गीतकै कारण उनको धरमराएको चलचित्र करिअरले गति लिएको थियो । यस गीतका गीतकार राजनराज स्वयं हुन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu