पोखरामा चलचित्र ‘ईश्वर’को मुहूर्त



काठमाडौँ। निर्देशक राजु गिरीको निर्देशनमा निर्माण हुने फिल्म ‘ईश्वर’को शनिवार पोखरास्थित बिन्दबासिनी मन्दिरमा मुहूर्त गरिएको छ । लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण हुने फिल्मको मुख्य भूमिकामा अभिनेता माओत्से गुरुङको अभिनय रहनेछ ।

माघ २८ गतेबाट फ्लोरमा जाने फिल्ममा पृथ्वीराज प्रसाईँ, सुनिल थापा, शिशिर वाङ्देल, बुद्धि तामाङ, रवीन्द्र झा, सविन बास्तोला र गीता अधिकारीको पनि अभिनय रहनेछ । दिव्या कङ्गना फिल्मसको ब्यानरमा निर्माण हुने फिल्मको पटकथा एवम् संवाद भोजराज देवकोटाले लेखेका छन् । 

हरिबहादुर थापा र शङ्कर गिरी निर्माता रहेको फिल्ममा राजेन्द्र बजगाईँ र बिपी वाग्लेको सङ्गीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायाङ्कन र देव महर्जनको द्वन्द्व निर्देशन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu