चलचित्र ‘उपहार’का चार पोस्टर एकसाथ सार्वजनिक



काठमाडौँ।
आगामी फागुन २५ गते रिलिज हुने नेपाली चलचित्र ‘उपहार’का चार वटा पोस्टर एकसाथ सार्वजनिक भएका छन् । पोस्टरमा यसका प्रमुख कलाकारलाई स्थान दिइएको छ ।

पोस्टरमा अभिनेत्रीहरू रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, अभिनेता द्वय मुकुन भुसाल र तेज गिरीलाई राखिएको छ । एक पोस्टरमा भने अन्य कलाकारहरू निर्मल शर्मा, शिशिर राणा, राजाराम पौडेल र किरण केसीलाई पनि राखिएको छ ।

ज्ञानेन्द्र देउजाको निर्देशन रहेको यस चलचित्रकी प्रस्तुत कर्ता रेखा थापा हुन् । सुलभ प्रतीक देउजा र समीक्षा देउजा निर्माता हुन् भने कार्यकारी निर्माता बलराम शाही ठकुरी हुन् । यसमा रेखा थापा, मुकुन भुसाल, पूजा शर्मा, बेनिशा हमाल, तेज गिरी, समर्पण जङ्ग कार्की, सुष्मा कार्की, अंशु महर्जन र आशा भुसालको अभिनय छ ।

विष्णु कल्पित घिमिरेको छायाङ्कन, अर्जुन पोखरेल र बाबुल गिरीको सङ्गीत, प्रमोद ढुङ्गाना शङ्कर अधिकारी ‘घायल’ र मुक्त उदासको गीत, मित्र डी गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, अभिमन्यु निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu