अब धिरज र उपासनाको जोडी



काठमाडौँ।
पहिलो पटक अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीले स्क्रिन शेयर गर्ने भएका छन् । माघे सङ्क्रान्तिको अवसरमा काठमाडौँको कमलादीस्थित गणेस्थान मन्दिरमा पूजा गर्दै घोषणा गरिएको चलचित्र ‘खुस्मा’मा यो जोडीले अभिनय गर्नेछ ।

यो चलचित्रलाई अशोक थापा मगरले निर्देशन गर्नेछन् । यसका निर्माताहरू बेताने मगर, चन्द्र भट्टचन र सुस्मिता बुढाथोकी हुन् । एस डी योगीले सुरेन्द्र राना तथा राम अविरल विष्टको गीतमा सङ्गीत दिनेछन् भने दीपक बज्राचार्य छायाँकार रहनेछन् ।

चलचित्रमा धिरज र उपासनाका अलावा अस्तित्व भट्टचन, खड्क बहादुर पुन (खबपु) तथा अरुण मगरको अभिनय रहनेछ । प्रेम कथामा आधारित ‘खुस्मा’ एम मिडिया प्रा.लि.को ब्यानरमा निर्माण हुनेछ। सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस्ले वितरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu