धरानका मेयर हर्क साम्पाङले गरे चलचित्रमा अभिनय



काठमाडौँ।
धरानका चर्चित मेयर हर्क साम्पाङले चलचित्रमा अभिनय गरेका छन् । गायक समेत रहेका मेयर साम्पाङले नेपाली चलचित्र ‘खजुरे ब्रो’मा विशेष भूमिकामा अभिनय गरेका हुन् ।

धरानको सांस्कृतिक पक्ष उजागर गर्ने उद्देश्य रहेकाले साम्पाङको विशेष भूमिका चलचित्रमा राखिएको कार्यकारी निर्माता डायमण्ड उप्रेतीले बताए । चलचित्रले धरानको संस्कृतिको प्रवर्धन गर्ने र ठुलो पर्दामा स्थानीय कला र रहनसहन झल्काउने बताइएको छ ।

चलचित्रलाई सुरज सुनुवारले निर्देशन गरिरहेका छन् । चलचित्रमा महेश त्रिपाठी, रेयर राई, निति शाह, नविन मानन्धर, प्रकाश भुजेल, विनीता थापा मगर, सुष्मा निरौला, पुष्कर कार्की, मनिष राउत, प्रेम सुब्बा र सुजाता राईको अभिनय रहनेछ । 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu