सलिनमान र सलोनले घोषणा गरे चलचित्र ‘युओजी’



काठमाडौँ। पाँच वर्षअघि रिलिज चलचित्र ‘यात्राः अ म्युजिकल भ्लग’मा अभिनय गरेपछि हराएका अभिनेता सलिनमान बनियाँले चलचित्र ‘युओजी (युनिभर्सिटी अफ गुण्डाज)’ मा अभिनय गर्ने भएका छन् । मङ्गलवार सलोन बस्नेत र सलिनमानको प्रमुख भूमिकामा अभिनय रहने चलचित्रको थिम पोस्टर सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो ।

थिम पोस्टरमा सलिनमान र सलोन बस्नेतलाई एक्सन मुडमा देख्न सकिन्छ । पोस्टरमा पृष्ठभूमिमा गाडीमा आगो लाग्नुका साथै कलेज गेट र भवन देखाइएको छ । सार्वजनिक पोस्टरले फिल्ममा विश्वविद्यालयमा हुने गुण्डाराजलाई उठाएको बुझ्न सकिन्छ ।

चलचित्र सलोनको होम प्रोडक्सन सलोन सलिना फिल्मस प्रालीको ब्यानरमा निर्माण हुनेछ । सलोन र सलिनमानले ‘ए मेरो हजुर २’ र ‘यात्रा’ पछि तेस्रो पटक एकसाथ स्क्रिन सेयर गर्न लागेका हुन् ।

चलचित्र आगामी वैशाख वा ज्येष्ठबाट फ्लोरमा जानेछ । चलचित्रको बजेट ४ करोड रहेको निर्माण टिमले जानकारी दिएको छ । फिल्मको निर्देशक, प्राविधिक लगायतको जानकारी बिस्तारै सार्वजनिक गर्दै जाने तयारी निर्माण टिमको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu