हरिवंश, दयाहाङ र ब्रुस एउटै फ्रेममा, ‘भूठान – द वर्ल्ड्स ह्यापियस्ट म्यान’ को छायाङ्कन सम्पन्न



काठमाडौँ। विनोद पौडेलद्वारा निर्देशित पहिलो हलिउड चलचित्र ‘भूठान – द वर्ल्ड्स ह्यापियस्ट म्यान’को छायाङ्कन पुरा भएको छ । चलचित्रमा नेपालबाट हरिवंश आचार्य, दयाहाङ राई, पूजा चन्द लामा, रिचा घिमिरे, भुवन प्याकुरेल, अदिति प्याकुरेल, कौशिला खनाल कर्माचार्य, भारतबाट अनुराधा मजुमदार तथा अमेरिकाबाट हलिउडका विश्वविख्यात अभिनेता ब्रुस डनलगायतका अभिनय छ । चलचित्रमा ‘साँघुरो’ फेम्ड निर्देशक जोयश पाण्डे र रङ्गकर्मी तथा निर्देशक विमल सुवेदीको पनि अभिनय छ ।

निर्देशक पौडेलका अनुसार पाँच वर्षदेखिको निरन्तर प्रयासपछि हलिउडकै अन्तर्राष्ट्रिय मान्यता र मापदण्डमा रहेर चलचित्र बनाइएको बताए । ‘यो नेपालको लागि पहिलो युनियन (स्याग) चलचित्र हुनेछ । यसमा ब्रुस डन मात्र नभएर हलिउडकै प्रख्यात प्राविधिकहरू पनि जोडिएका छन्, जसले गर्दा प्राविधिक पक्ष अब्बल र यसको कथा पनि विश्वले आत्मसात् गर्नेछ । यो चलचित्रमार्फत हामी विश्व बजारमा आफ्नो पहुँच बनाउने कुरामा विश्वस्त छौँ’, निर्देशक पौडेलले भने ।

म्याड मंकी फिल्मस्ले निर्माण गरेको चलचित्रमा हलिउडकै भ्याकेन्ट लाइट, एभरेस्ट इन्टरटेनमेन्ट, ठकुराठी ब्रोस र नेपालबाट अवेकन प्रोडक्सनले सहकार्य गरेका छन् । यसका कार्यकारी निर्माताहरू कौशिला खनाल कर्माचार्य, एलएन अधिकारी, अपार श्रेष्ठ, रमेश भट्ट छन् भने निर्माताहरूमा राजेन्द्र ठकुराठी, अभिताव जोशी र अविरल थापा रहेका छन् ।

चलचित्र सन् २०२४ को अन्त्यसम्म दर्शकमाझ आउने निर्मातामध्येका एक अविरल थापाले बताए ।

Photo credit: Awekan Production

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu