
काठमाडौँ।
नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’ आगामी दसैँमा रिलिज हुने भएको छ । यस चलचित्रका अभिनेता दक्षिण भारतीय चलचित्रका चर्चित कलाकार ब्रम्हानन्दमको जन्मदिनको अवसरमा फर्स्ट लुक सार्वजनिक गर्दै यसको रिलिज मिति २०८१ सालको असोज ११ गतेलाई घोषणा गरिएको हो ।
यस चलचित्रलाई अभिनेत्री नीता ढुङ्गानाले निर्माण गरेकी हुन् । यसमा उनकै प्रमूख अभिनय रहेको छ । सार्वजनिक फस्ट लुकमा बम्हानन्दमलाई मात्र फिचर गरिएको छ । यसमा उनले नेपाली ढाका टोपी लगाएका छन् ।
चन्द्र पन्त निर्देशित यस चलचित्रमा नेपाल र भारतका कलाकारहरूको संयुक्त अभिनय रहेको छ । यो चलचित्र नेपालमा हल रिलिज हुनेछ भने भारतका प्रान्तीय भाषाहरूमा ओटिटि रिलिज हुने जनाइएको छ ।
हरिहर अधिकारीले लेखेको चलचित्रमा हरिहर तथा नीताका अलावा बिपना थापा, सरोज खनाल, गरिमा शर्मा, सञ्चिता लुइँटेल, बुद्धि तामाङ, प्रशान्त ताम्राकार, रवीन्द्र झालगायतका नेपाली कलाकारहरूको पनि अभिनय छ । भारतका ब्रम्हानन्दमका अलावा अलि, ‘गजनी’ सिनेमाका खलनायक विजय रावतको समेत अभिनय रहेको छ ।