सिटी सेन्टरमा दीपक शर्माको साङ्गीतिक प्रस्तुति



काठमाडौं। चलचित्र ‘छक्का पञ्जा ४’ को यो वर्षको सर्वाधिक हिट गीत ‘दर्शन सलाम…’का सङ्गीतकार दीपक शर्माले शुक्रवार साँझ काठमाडौंको सिटी सेन्टर स्थित ‘सिटी सेन्टर फुडकोर्ट (टिटिएफसी)मा आफ्ना केही चर्चित गीतहरू  प्रस्तुत गरेका छन् ।

सङ्गीतकार शर्माले यो वर्षको आफ्नो चर्चित गीत ‘दर्शन सलाम…’ बाट प्रस्तुति सुरु गरेका थिए । सो गीतलाई दर्शकले पुनः गाउन अनुरोध गरेपछि उनले सो गीत दोहोर्‍याएर गाएका थिए । यसपछि उनले आफ्नो चर्चित गीतहरू चलचित्र ‘छक्का पञ्जा ३’को ‘पहिलो नम्बरमा…’, चलचित्र ‘मङ्गलम’को ‘पर्ख पर्ख मायालु…’, चलचित्र ‘हिजो आजका कुरा’को ‘माया जदौ…’ सहित एल्बमका गीतहरू ‘पिरिम नलाउने…’, ‘छुट्टिएर तिमीसँग…’ ‘पछि पछि लाएर…’ लगायतका गीतहरू प्रस्तुत गरे ।

विलक्षण क्रियसनको सहकार्यमा सम्पन्न सङ्गीतकार शर्माको प्रस्तुति निकै आकर्षक रहेको प्रतिक्रिया प्राप्त भएको छ । सङ्गीतकार दीपक शर्माले पनि आफ्नो सो प्रस्तुतिमा दर्शकहरू रमाएको बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu