सांस्कृतिक महासङ्घको सल्लाहकारमा नीर शाह



काठमाडौं। नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक महासङ्घले पाँच सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । बुधवार बसेको बैठकबाट नेपाली चलचित्रका कलाकार तथा निर्देशक नीर शाहसहित साहित्यकार डा. ध्रुवचन्द्र गौतम, चित्रकार किरण मानन्धर, साहित्यकार महेश प्रसाईँ र गायक कृष्णसुधा ढुङ्गाना सल्लाहकार नियुक्त भएका छन् ।

महासङ्घका सभापति तीर्थबहादुर थापाको संयोजकत्वमा ११ सदस्यीय विशेष समिति पनि गठन भएको बताइएको छ । सो समितिमा महासङ्घका महामन्त्री शिवशङ्कर रिजाल र कलाकार, निर्माता तथा चलचित्र वितरक गोविन्द शाही रहेका छन् । त्यसै गरी, अर्जुन गिरीको संयोजकत्वमा अनुशासन समिति, गङ्गाबहादुर पाण्डेको संयोजकत्वमा न्यायिक समिति र शर्मिला बोहराको संयोजकत्वमा विधागत सङ्घसंस्था समन्वय विभाग गठन भएको छ ।

साथै, प्रभातमणि ओझाको संयोजकत्वमा आर्थिक विभाग, विपिन किरणको संयोजकत्वमा कार्यक्रम संयोजन विभाग, कुवेर गिरीको संयोजकत्वमा प्रचारप्रसार विभाग, कुमार बस्नेतको संयोजकत्वमा विदेश विभाग र महासङ्घ विधान संशोधन महासमिति संयोजकत्वमा कृष्णगोपाल केसी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu