तेस्रो ग्रामीण चलचित्र महोत्सव रामेछापमा हुने



काठमाडौं। तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF) रामेछाप जिल्लाको रामेछाप नगर पालिकामा हुने भएको छ। बुधवार मन्थलीमा पत्रकार सम्मेलन गर्दै वैशाख ६ गते देखि ८ गते सम्म महोत्सव हुने बताइएको छ।

सेलिब्रेटी नेपालको आयोजनामा हुने यो महोत्सव प्रत्येक वर्ष फरक फरक जिल्लाको ग्रामीण भेगमा भइरहेको छ। यस महोत्सवमा ग्रामीण परिवेशमा बनेका नेपाली फिचर चलचित्र, लघु चलचित्र, डकुमेन्ट्री र सांस्कृतिक चलचित्रहरू प्रदर्शन गरिन्छ।

यसका साथै नेपाली चलचित्र पर्यटन र ग्रामीण कथालाई समेटेर विभिन्न संवाद कार्यक्रमहरू पनि गरिने महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले बताए। महोत्सवमा करिब २ दर्जन चलचित्र देखाउने र चलचित्रका सम्बन्धित व्यक्तिहरू सँग गाउँले दर्शकहरूले अन्तरक्रिया पनि गर्नेछन्।

रामेछाप जिल्लामा एउटा पनि चलचित्र हल छैनन्। चलचित्र हेर्न रुचि राख्ने दर्शकहरूलाई यो महोत्सवले पूर्ण मनोरञ्जनका साथै नेपाली चलचित्र क्षेत्रको प्रचार प्रसार हुने आयोजकले अपेक्षा राखेको छ। महोत्सवमा करिब ३ हजार दर्शकको सहभागिता गराउने लक्ष्य आयोजकले लिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu