प्रियङ्का देखि निति सम्मले एउटै रनवेमा फेसन डिजाइन प्रस्तुत गर्ने



काठमाडौं। नेपालका चर्चित कलाकारहरू एउटै र्‍याम्पमा प्रस्तुत हुने भएका छन्।

अभिनेत्री प्रियङ्का कार्की, नीति शाह, मिस नेपाल अस्मि श्रेष्ठ, मलिना जोशी, मिस नेपाल प्रियङ्का रानी जोशी, मिस्टर नेपाल समर्पण जङ्ग कार्की, मोडल सविता कार्की, जेड दीपिका गारेट लगायतका चर्चित सेलिब्रेटी आगामी शुक्रवार होटल याक एण्ड यतिमा आयोजना हुने १३औँ ‘आइसी डिजाइनर रनवे’ नामक फेसन शोमा उनीहरू शो स्टपर हुनेछन्।

सो रनवेमा भारत, रसिया, सर्बिया लगायतका १३ अन्तर्राष्ट्रिय मोडलको समेत सहभागिता रहने बताइएको छ। नेपालका भने २६ मोडलले पहिरनका नयाँ र आकर्षक डिजाइनहरू प्रस्तुत गर्नेछन्।

कोरियोग्राफर यतिन नरेन्द्र गान्धीकोको समेत सहभागिता रहने शोको व्यवस्थापन नेक्स्ट मोडल्स नेपालले गरेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu