
काठमाडौं। गत शुक्रवार रिलिज भएको नेपाली चलचित्र ‘महाजात्रा’लाई नेपालकै सबैभन्दा ठुलो मल्टीप्लेक्स चेन क्यूएफएक्स सिनेमाजले सुपर हिट चलचित्रको ट्याग दिएको छ। बक्स अफिसमा उच्च अङ्क जोडेको यो चलचित्रलाई क्यूएफएक्सले आफ्नो वेबसाइटमा नै ‘सुपर हिट’ लेखेको छ।
रिलिजको पहिलो तीन दिनमा ४ करोडमाथि ग्रस कलेक्सन गरेको यो चलचित्रलाई सो मल्टीप्लेक्सले आफ्ना देशभरका हलहरूमा उच्च शो दिएको छ। क्यूएफएक्स चेनमा महाजात्राले गरेको कलेक्सनको आधारमा यो घोषणा गरिएको हुनसक्छ।
नेपाली तथा विदेशी चलचित्रको लागि क्यूएफएक्स सिनेमाज व्यापारको उत्कृष्ट चलचित्र हल चेन हो।
