
काठमाडौं। आगामी वर्षको जेठ २५ गते रिलिज हुने नेपाली चलचित्र ‘लण्डन टु पेरिस’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा मुख्य चार पात्रहरू साम्राज्ञी आरएल शाह, निश्चल खड्का, कबिर खड्का र गरिमा शर्मा रोमान्टिक अवतारमा प्रस्तुत छन्।
घनश्याम लामिछानेले निर्देशन गरेको यस चलचित्रमा साम्राज्ञी, निश्चल, कबिर र गरिमामा अलावा रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको पनि अभिनय छ। निश्चल र गरिमाले यही चलचित्रबाट चलचित्र अभिनयमा डेब्यू गर्दै छन्।
ट्राभल लभ स्टोरीको कथा रहेको यस चलचित्रको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन्। रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले चलचित्रलाई नेपालभर वितरण गर्नेछ।