बेइजिङ इन्टरनेशनल फिल्म फेस्टिभलमा ‘गाउँ आएको बाटो’



काठमाडौं। नविन सुब्बाले निर्देशन गरेको नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ चीनको १४ औँ ‘बेइजिङ इन्टरनेशनल फिल्म फेस्टिभल’मा छनौट भएको छ। विभिन्न अन्तर्राष्ट्रिय महोत्सवहरूको यात्रा गरिरहेको यो चलचित्र आगामी अप्रिल १९ देखि अप्रिल २२ सम्म आयोजना हुने सो फेस्टिभलमा छानिएको हो।

यसको वर्ल्ड प्रिमियर भने टोरोन्टो इन्टरनेशनल फिल्म फेस्टिभलमा भएको थियो। साथै, ‘४७ औँ गोटेबर्ग अन्तर्राष्ट्रिय सिनेमा महोत्सव-२०२४’ स्विडेनमा समेत छनौट भएको थियो भने बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा एसियन प्रिमियर र मामी मुम्बईमा साउथ एसियन प्रिमियर भएको थियो।

यस चलचित्रमा राई जातिको सामाजिक पृष्ठभूमिमा गाउँमा सडक पुगेपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावलाई प्रस्तुत गरिएको छ। चलचित्रमा दयाहाङ राई, पशुपति राई तथा प्रसन राई प्रमुख भूमिकामा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu