सपना पुरा हुने आस जागेको छ: गरिमा



काठमाडौं। ‘लण्डन टु पेरिस’ चलचित्रबाट नेपाली चलचित्रको अभिनयको यात्रामा निस्केकी गरिमा शर्मा चर्चित मोडल हुन्। उनले सयौँको सङ्ख्यामा म्युजिक भिडियोहरूमा अभिनय गरिसकेकी छन्।

शुक्रवार आफ्नो पहिलो चलचित्रको पोस्टर आफू सहित सार्वजनिक भएपछि गरिमा उत्साहित देखिएकी छन्। यसअघि सार्वजनिक भएको पहिलो पोस्टरमा भने उनी थिइनन्। शुक्रवार सार्वजनिक पोस्टरमा उनी सहित साम्राज्ञी राज्यलक्ष्मी शाह, कबिर खड्का र निश्चल खड्का रहेका छन्।

पोस्टर सार्वजनिक सँगै सोसल मिडियामा गरिमाले एक कविता पोस्ट गरेकी छन्। ‘सपना शीर्षकको सो कवितामा उनले आफ्नो सपना पुरा हुन लागेको जनाउ दिएकी छन्।

यस्तो छ उनको कविता:

सपना
देखेका सपना पुरा हुने हुन की भन्ने आस जागेको छ
ए भगवान्
तिमिले त सुनेका छौ नि
मेरो प्रार्थना भन्ने लागेको छ
मन त हो भोको छ
कामका नयाँ नयाँ चुनौती मागेको छ
सपनाको खुड्किलोमा हिँड्न
सजिलो त अवश्य छैन र थिएन पनि
कति थाके पाउ
हिँड्न नसक्ने पो हो कि भन्दै
रोकिए कति ठाउँ
तर झिनो आस, कयौँको माया र आशिषले
पाइला पछि सरेको छैन
चम्कन पाउँ आकाशमा
उज्यालो तारा बनी
झर्दा पनि निराश भने हुने छैन
गरिमा तिमिले कोसिस त गरेको हो नि ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu