महाजात्राका नेता हरिवंशले ल्याए भ्रष्टाचार विरोधी गीत



काठमाडौं। सफलताका साथ प्रदर्शनमा रहेको नेपाली चलचित्र ‘महाजात्रा’का प्रमुख कलाकार हरिवंश आचार्यले भ्रष्टाचार विरोधी गीत सार्वजनिक गरेका छन्। ‘जसको पनि दाउ छ खाने हो हाम्म हाम्म’ बोलको यस गीतमा आचार्यको शब्द, सङ्गीत र स्वर रहेको छ।

जनचेतनामूलक सृजनालाई व्यावसायिक बनाउन सफल आचार्यको नयाँ गीतले भ्रष्टाचार नियन्त्रण र खबरदारीको सन्देश बोकेको छ। यसको भिडियोमा हरिवंश आचार्य, हेमन्त बुढाथोकी, दिपाश्री निरौला, प्रियङ्का कार्की, प्रभात रिमाल, सरोज ओली, निर्मल शर्मा, कमालमणि नेपाल, सुरज सन्जेल लगायतको अभिनय रहेको छ। भिडियोका निर्देशक गम्भीर विष्ट हुन्।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu