सुर्खेत र दैलेखमा कर्णाली चलचित्र महोत्सवको दुई दिने कार्यक्रम हुँदै



सुर्खेत। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शनिवार कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, २०८० को एक दिने विशेष कार्यक्रम आयोजना भएको छ । केही समयअघि काठमाडौंमा ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने उद्देश्यका साथ महोत्सव शुभारम्भ भएको थियो । काठमाडौंमा दुई दिन सम्म चलेको महोत्सवको दोस्रो चरणमा कर्णालीका कथा सुन्ने र क्षेत्रगत अभियान स्वरूप कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एक दिने महोत्सव र गुराँसको उद्गम थलो दैलेखको गुराँसेमा एक दिने कार्यक्रम आयोजना हुनेछ ।

महोत्सवमा राज्यका तीन तहका सरकारका प्रतिनिधि र चलचित्र क्षेत्रका दिग्गज कलाकारहरूको सहभागितामा कर्णालीका कथा, कला, रीतिरिवाज, भाषा, भेसभुसा, परम्परा र संस्कृतिलाई संरक्षण र प्रवर्द्धन गरी प्राकृतिक सुन्दरता, पर्यटकीय स्थल, धार्मिक स्थल तथा सम्पदाहरूलाई संसारभर चिनाउने अभियानसँगै विभिन्न विषयमा प्यानल छलफल गरी निचोड समेत निकाली आगामी बजेटमा नीतिगत समावेश गर्न तिन तहमा लिखित दस्ताबेज बुझाउने कार्य समेत हुने महोत्सव निर्देशक चक्र बहादुर चन्दले बताए ।

महोत्सवको अर्को चरणमा जुम्ला र रारामा समेत कार्यक्रम आयोजना गरी स्थानीय स्तरमा रहेका लुकेका कथा, कला रितीविाज संस्कृति र परम्परालाई उजागर गर्न यस किसिमको महोत्सव आयोजना गर्न लागिएको बताइएको छ । कर्णालीलाई चलचित्र छायाङ्कन स्थल र त्यहाँका अर्ग्यानिक कथालाई चलचित्र मार्फत ल्याउन कोसिस रहने र कर्णालीमा चलचित्र भवन एउटा मात्र रहेको स्थितिमा कर्णाली क्षेत्रमा घुम्ती चलचित्रको सम्भावना बारे समेत अध्ययन अनुसन्धान हुने बताइएको छ । कर्णालीमा चलचित्र छायाङ्कन गर्न सहज वातावरण बनाउन सहजीकरणको भूमिका निर्वाह गर्नका लागी समेत कर्णालीका स्थानीय तह प्रदेश सरकारको प्रत्यक्ष सहभागिता गराई महोत्सव सञ्चालन गरिने छ ।

महोत्सवमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी लगायत कलाकारको सहभागिता रहने छ भने विशेष गरी यो महोत्सवमा कर्णालीका कुरा सुन्ने अभियान भएकोले कर्णालीका वरिष्ठ साहित्यकार कथाकार लेखक सहित बौद्धिक व्यक्तिहरूलाई समेत आमन्त्रण गरिएकोले यो महोत्सवले कर्णालीका कुरालाई सुनेर उजागर गर्ने मुख्य लक्ष्य समेत राखिएको छ ।

सुर्खेत र गुराँस दैलेख महोत्सवमा कर्णालीमा चलचित्र सम्भावना र चुनौती सरकारको दायित्वका विषयमा सेसन छलफल समेत सञ्चालन गरिनेछ । महोत्सवमा कर्णाली प्रदेश सरकार स्थानीय विभिन्न पालिकालाई समेत आमन्त्रण गरिएको छ ।

महोत्सवले समग्र कर्णालीमा चलचित्र र पर्यटनको विषयमा बिचार विमर्श सहित विभिन्न विधामा गहन छलफल गरी स्थानीय तहको भूमिका प्रदेश सरकारको नीति निर्माण र केन्द्रमा सांसदले खेल्ने भूमिका माथि गम्भीर छलफल सहित बुँदागत निष्कर्ष निकालिने छ । यो महोत्सवले कर्णालीमा चलचित्र र पर्यटन विकासको ढोका खोल्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu