बोक्सीको घरको लागि प्रकाश र समीक्षाले गाए गीत



काठमाडौं। आगामी वैशाख १४ गते रिलिज हुने नेपाली चलचित्र ‘बोक्सीको घर’को लागि गायक प्रकाश सपुत र गायिका समीक्षा अधिकारीले गीत गाएका छन्। ‘बुझिनँ मैले’ शीर्षकको यस गीतमा गायक प्रकाशकै शब्द र सङ्गीत रहेको छ।

यस गीतको हालै मात्र भिडियो छायाङ्कन पनि भएको छ। भिडियोमा यस चलचित्रको शीर्ष भूमिकामा रहेकी केकी नै फिचर्ड छिन्। गायक प्रकाशले अभिनेत्री केकीसँग चलचित्र ‘परदेशी २’ र गीत ‘बदला बरिलै’मा सहकार्य गरेका थिए।

आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’माथि रहेर निर्माण गरिएको यस चलचित्रमा सुलक्षण भारतीको लेखन तथा निर्देशन छ। केकी चलचित्रकी निर्माता समेत हुन्। यसमा केकीसँगै सुलक्षण भारती, सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोलालगायतको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu