‘झिल्के एन्ड द कम्पनी’ले गीत ‘१८२’ सार्वजनिक



काठमाडौं। नेपाली रक व्याण्ड ‘झिल्के एन्ड द कम्पनी’ले गीत ‘१८२’ सार्वजनिक गरेको छ । यो भिडियो ‘झिल्के फायर इपी’ बाट ‘पंक्षीहरु’सँग डेब्यु गरेपछि ब्यान्डको यो दोस्रो प्रस्तुति हो । यो गीत एल्बम ‘जवानीको जोस’मा रहेको छ ।

यो गीतले नेपाली पारिवारिक जीवनको एक मार्मिक झलक देखाएको छ । डिनर टेबलको वरपर साझा गरिएका अव्यक्त सपनाहरू र इच्छाहरूलाई भिडियोमा देखाइएको छ । ‘पूर्वी नेपालले मेरो हृदयमा विशेष स्थान ओगटेको छ । त्यही कारण हामीले यहाँको प्राकृतिक पृष्ठभूमिमा नेपाली पारिवारिक जीवनका कथाहरू चित्रण गर्ने उद्देश्य राखेका छौँ’, ब्यान्डका गायक तथा गिटार वादक स्टिभ देवानले भने ।

भिडियोमा शान्तादेवी पौडेल, रुद्र ओली, अवान राना मगर र प्रसिद्धि ओली फिचर्ड छन् । भिडियोमा रिदम राईको डीओपी, आविष्कार जोशीको सहायक डीओपी, गौरव बिस्टको कलर र सम्पादन तथा अभिषेक गिरीको प्रोडक्सन छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu