‘डिग्री माइला’को गफाडी प्रतियोगिता, मोबाइल फोन जित्न सकिने



काठमाडौं। चैत ३० गते रिलिज हुने नेपाली चलचित्र ‘डिग्री माइला’ले गफाडी प्रतियोगिता घोषणा गरेको छ। चलचित्रको प्रमुख पात्र ‘डिग्री माइला’ बनेर आफ्नै बारेमा गफ दिएर भिडिओ पठाई प्रतियोगितामा सहभागी बन्न सकिनेछ।

यसमा सर्वोत्कृष्ट हुनेलाई अनर ब्राण्डका मोबाइल पुरस्कार दिने बताइएको छ। भिडिओ अधिकतम ३ मिनेट सम्मको हुनुपर्नेछ। यस्तै कम्पनीको बासुरी फिल्मस् नामक युट्युब च्यानलसमेत सब्सक्राइब गरेको हुनुका साथै पोस्ट गरिएको भिडिओमा ‘डिग्री माइला’ चलचित्रको नाम र रिलिज मिति लेखिएको हुनुपर्नेछ।

सहभागी हुने प्रतियोगीले निम्न ह्यासट्याग प्रयोग गर्नुपर्नेछ। #DailogueCompetition #DegreeMaila #Chaitra30 यसरी बनाइएको भिडिओलाई यो सिनेमाको निर्माण गर्ने कम्पनी बासुरी फिल्मस्लाई ट्याग गर्दै फेसबुकमा पोस्ट गर्नुका साथै [email protected] मा इमेल गर्नुपर्नेछ। 

प्रतियोगीले चैत २७ गतेसम्म आफ्नो भिडिओ माथि उल्लेखित सर्तहरू पूरा गर्दै पोस्ट गरिसक्नुपर्नेछ। यस प्रतियोगिताका विजेताले अनर मोबाइलको ‘एक्स नाइन बि फाइभजी’ पुरस्कार स्वरूप पाउनेछन् भने दोस्रो र तेश्रो हुनेले क्रमशः ‘एक्स एट बि’ तथा ‘एक्स सेभेन बि’ मोडलको मोबाइल प्राप्त गर्नेछन्। यसका अलावा सान्त्वना पुरस्कार स्वरूप यो सिनेमाको ५० वटा टिकट प्रदान गरिनेछ।

रामबाबु गुरुङ निर्देशित चलचित्रमा दयाका अलावा आँचल शर्मा, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल आदिको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu