नेपाल चलचित्र सङ्घको अध्यक्षमा नरेन्द्र महर्जन निर्वाचित



काठमाडौं। हल सञ्चालक र वितरकहरूको छाता सङ्गठन नेपाल चलचित्र सङ्घको अध्यक्षमा नरेन्द्र महर्जन निर्वाचित भएका छन्। शनिवार काठमाडौंमा आयोजित ४९ औँ वार्षिक साधारण सभा तथा महाधिवेशनमा भएको निर्वाचनमा महर्जनले कुवेर शर्मालाई ६० मतान्तरले पछाडि पार्दै निर्वाचित भएका हुन्। महर्जन यसअघि सङ्घको महासचिव थिए।

सङ्घको आगामी तीन वर्षको लागि उनले सङ्घको नेतृत्व गर्नेछन्। सदस्यहरूमा छविराज ओझा, गोपालकाजी कायस्थ, देवेन्द्र खड्गी, प्रज्वल समसेर राणा, ओमप्रकाश जैसी, करण श्रेष्ठ, आशिष तामाङ, कपिलप्रसाद द्वा, गोविन्द शाही, दिप्रश शाक्य, नीरज गुप्ता, राजकुमार श्रेष्ठ र सुरेन्द्र थापा चयन भएका छन्। यी सदस्यहरूबाट सहमतिको आधारमा पद विभाजन हुनेछ।

साथै, सङ्घको साधारण सभाको अवसरमा अभिनेता शिव श्रेष्ठ, अभिनेत्री गौरी मल्ल, गायिका देविका वन्दना, निर्माता छविराज ओझा, निर्देशक ज्ञानेन्द्र देउजा, लेखक मौनता श्रेष्ठ, छायाकार मञ्जु श्रेष्ठ, द्वन्द्व निर्देशक योगेन्द्र श्रेष्ठ, सम्पादक नरेन्द्र खड्का, प्रदर्शक तीर्थ प्रधान र रङ्ग पत्रकार विदुर गिरीलाई सम्मान गरेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu