प्रदीपको चलचित्रमा कलाकारहरूको बलियो लाइन अप



काठमाडौं। प्रदीप शाहीको निर्देशन रहने साइ-फाई नेपाली चलचित्रको कलाकारको लाइन अप बलियो देखिएको छ। ‘प्रेम गीत’ फेम अभिनेता प्रदीप खड्काको साथमा विजय लामा, बेनिशा हमाल, सुनिल थापा एवन राज उप्रेती र कविता नेपालीको प्रमुख अभिनय यो चलचित्रमा रहने भएको छ। अभिनेत्री दिया पुन पनि विशेष भूमिकामा रहने बताइएको छ।

निर्देशक शाहीले अर्को साता चलचित्रको नाम घोषणा गर्ने तयारी गरेका छन्। यसको कथा शाहीले नै तयार पारेका हुन्। पछिल्लो समय चलचित्र ‘पुजार सार्की’को अभिनयको कारण चर्चामा रहेका प्रदीप खड्काले यो चलचित्रमा अलग भूमिका गर्न लागेको बुझिएको छ। खड्काले आफूलाई भर्सटाइल कलाकारको रूपमा अघि बढाइरहेका छन्।

निर्देशक शाहीले गत वर्ष रिलिज भएको चलचित्र ‘अन्तिम संस्कार’बाट तारिफ पाएका थिए भने पहिलो चलचित्र ‘गोर्खा: बिनिथ द ब्रेभरी’बाट उनले चलचित्र निर्देशनमा गजबको सम्भावना देखाएका थिए।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu