‘बोक्सीको घर’को कथा बुझाउने गीत सार्वजनिक



काठमाडौं। आगामी वर्षको वैशाख १४ गते रिलिज हुने नेपाली चलचित्र ‘बोक्सीको घर’को गीत ‘बुझिन मैले’ सार्वजनिक गरिएको छ। यो गीतले चलचित्रको कथा सार बुझाउँछ।

यस गीतमा प्रकाश सपुतको शब्द तथा सङ्गीत रहेको छ। प्रकाशसँगै समीक्षा अधिकारीले स्वर दिएकी छन्। प्रकाशले चलचित्रको मर्मअनुसारको गीत तयार पारेको बताएका छन्। यसको भिडियो सुनिल क्षेत्रीले कोरियोग्राफी गरेका छन्। भिडियोमा निर्माता तथा अभिनेत्री केकी अधिकारी, निर्देशक तथा कलाकार सुलक्षण भारती र कलाकार रमा थपलियालाई फिचर्ड गरिएको छ।

सुलक्षणको लेखन तथा निर्देशन रहेको यो चलचित्र आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’माथि आधारित छ। यसमा सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको पनि अभिनय छ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu