‘डिग्री माइला’को गीत ‘किन’ सार्वजनिक



काठमाडौं। यही चैत ३० गते रिलिज हुने चलचित्र ‘डिग्री माइला’को ‘किन’ बोलको लिरिकल गीत सार्वजनिक भएको छ। यसमा शब्द, सङ्गीत र स्वर हेमन्त रानाको रहेको छ।

अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्माको मुख्य भूमिका रहेको यो चलचित्रका निर्देशक रामबाबु गुरुङ हुन्। केही दिनअघि सार्वजनिक गरिएको यसको ट्रेलरमा चित्रित प्रसङ्गहरू र दयाहाङको डिग्री माइला चरित्रलाई दर्शले व्यग्र प्रतीक्षा गरिरहेका छन्।

बाँसुरी फिल्मस, कबड्डी फिल्मस र सुस्मा फिल्मसले मिलेर निर्माण गरेको यो चलचित्रले मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गर्छ। यसमा दयाहाङ र आँचलका अलावा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय रहेको छ।

यसका निर्माताहरू विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार, सुष्मा गुरुङ तथा कार्यकारी निर्माता कृश लामा हुन्।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu