प्रहरीलाई सरुवा गर्दिने धम्की दिएपछि गायक राजेश पायल राई सहित तीन कलाकार पक्राउ



काठमाडौँ। गए राती काठमाडौँको अनामनगर क्षेत्रबाट गायक राजेश पायल राई सहित तीन जना कलाकार पक्राउ परेका छन्। उनीहरूले मदिरा सेवन गरी होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले होहल्ला नगर्न आग्रह गर्दा सरुवा गरिदिन्छु भन्दै धम्की दिएपछि पक्राउ गरिएको प्रहरीले बताएको छ। उनीहरूलाई प्रहरी वृत्त नयाँबानेश्वरमा राखिएको र बिहीबार बिहान आफन्तको जिम्मा लगाउने तयारी छ। 

राजेशसँगै अन्य तीन जना को थिए खुलेको छैन। 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu