हलमा ‘बद्री बहादुर’



काठमाडौं। नेपाली चलचित्र ‘बद्री बहादुर’को देशभर रिलिज भएको छ। शोभित बस्नेतले निर्देशन गरेको यो चलचित्रमा जय किसन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीव जङ्ग बस्नेत, धिरेन शाक्य, उत्तम केसी, वर्षा चौलागाई र निर्देशक शोभित बस्नेतको अभिनय रहेको छ। 

रवि अधिकारी कार्यकारी निर्माता रहेको यो चलचित्र एबी पिक्चर्स फार्म र सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको हो। विजय गोपाल दली प्रस्तुत कर्ता हुन् भने मिथुन भोटे निर्माता हुन्।

यसमा टङ्क बुढाथोकी र उजन नेम्वाङको सङ्गीत, रामकाजी घिमिरे लेखन, शङ्कर महर्जनको द्वन्द्व निर्देशन, रामजी राउत र ज्ञान कुमार कट्टेलको मुख्य सहायक निर्देशन तथा समीर मियाँको सम्पादन छ । 

आरआर फिल्म्सले वितरण गरेको छ। यो चलचित्रको सफलताको लागि भारतका कमेडीयन कपिल शर्माले शुभकामना दिएका थिए। 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu