‘डिग्री माइला’ नेपाल भन्दा केही घण्टा पहिले अमेरिकामा रिलिज हुने



काठमाडौं। रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्र ‘डिग्री माइला’ नेपालसँगै अमेरिकामा पनि प्रदर्शन हुने भएको छ। अमेरिकामा यो चलचित्रको प्रदर्शन अप्रिल ११ देखि सुरु हुने छ भने नेपालमा त्यसको केही घण्टापछि रिलिज हुनेछ। यसको अर्थ अमेरिकामा नेपालीहरूभन्दा पहिले चलचित्र हेर्ने अवसर मिल्नेछ।

यस चलचित्रको प्रिमियर लस-एन्जलस, डलास, ओहायो, पेन्सिलभेनिया र न्यूयोर्कमा हुने छ र त्यसमा अभिनेता बुद्धि तामाङले सहभागिता जनाउनेछन्।

डायस्पोरा रिलिज अधिकार खरिद गरेको कम्पनि सेभेन सिज इन्टरटेनमेन्टले आइतबार एक विज्ञप्ती सार्वजनिक गर्दै अमेरिकामा अग्रीम टिकट बुकिङ खुल्ला गरिएको जानकारी दिएको छ। अप्रिल १९ देखि थप २० हलमा चलचित्र रिलिज हुने छ भने मे महिनाको पहिलो सातासम्म अमेरिकाभर चलचित्र प्रदर्शन हुने छ। चलचित्र प्रदर्शनको तालिकाअनुसार चलचित्र लगभग एक महिनासम्म चल्नेछ। 

रिलिजको साताअघि नै डलास, लस-एन्जलस, सन-फ्रान्सिस्को, शिकागो र बोस्टनमा अग्रिम टिकट बिक्री सुरु भएको छ। डलासमा २८ पर्दा र लस–एन्जलसमा पहिलो साता २२ पर्दामा चलचित्र प्रदर्शन हुने छ। 

अप्रिल र मे महिनामा पहिलो साता ७ सय भन्दा बढी शो आयोजना हुने छ। चार साताभर अमेरिकामा ४० हजारदेखि ६० हजार नेपालीले चलचित्र हेर्ने अपेक्षा गरिएको छ। यो चलचित्र अमेरिकाका ४० भन्दा बढी थिएटरमा दैनिक शोसहित प्रदर्शन हुने छ।

बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो सिनेमाले मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गर्छ। यसमा दयाहाङ राई, आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu