चलचित्र ‘बोक्सीको घर’को ट्रेलर सार्वजनिक



काठमाडौं। नेपाली चलचित्र ‘बोक्सीको घर’को ट्रेलर सार्वजनिक गरिएको छ। आगामी वैशाख १४ गते रिलिज हुने यस चलचित्रको साढे २ मिनेट लम्बाइको ट्रेलरले बोक्सीको आरोप लगाइएकी एक महिला पात्रको कथा भनेको छ।

यसको प्रमुख भूमिकामा अभिनेत्री केकी अधिकारी प्रस्तुत छिन्। बालविवाह भएकी बालिका, उनीमाथि लागेको बोक्सीको आरोप र त्यसपछिका घटनाहरू ट्रेलरमा छन्। पिपलको रुखलाई बिम्बको रूपमा प्रयोग गरिएको छ।

यस चलचित्रमा सुलक्षण भारतीको लेखन तथा निर्देशन छ। यसमा उनी स्वयं केकीको श्रीमानको भूमिकामा प्रस्तुत छन्। रमा थपलिया, सुपला सापकोटा, स्वेच्छा राउत, सुष्मा निरौला, सबिन बास्तोला आदिको पनि अभिनय रहेको फिल्ममा केकीका बाबु तथा निर्देशक बद्री अधिकारी निर्माता र राज घिमिरे कार्यकारी निर्माता हुन्।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu