‘खजुरे ब्रो’को नयाँ पोस्टर सार्वजनिक, नितिलाई पनि राखियो



काठमाडौं। आगामी वैशाख २८ गते रिलिज हुने नेपाली चलचित्र ‘खजुरे ब्रो’को पोस्टर सार्वजनिक भएको छ। यही चलचित्रबाट चलचित्रमा डेब्यु गरेकी निति शाहलाई पनि समेट्दै पोस्टर सार्वजनिक गरिएको छ।

‘खजुरे ब्रो’का यसअघि आएका प्रचार सामग्रीहरूमा निति कम प्राथमिकतामा परेको गुनासो दर्शकले गरेका थिए। हालै सार्वजनिक गरिएको पोस्टरमा भने चलचित्रका प्रमुख पात्र रेयर राईको कल्पनामा आइरहेको दृश्य राखिएको छ।

पोस्टरमा रेयर हाँस्दै बाइक चलाइरहेका छन् भने उनकै बाइकमा बसेका अभिनेता महेश त्रिपाठीलाई पैसाको बिटोसँग रमाइरहेको देखिन्छ। अर्का कलाकार नविन मानन्धर डिग्रीको उपाधि प्राप्त गर्दा लगाउने पोसाकमा चित्रित छन्। पोस्टरमा धरानको घण्टाघरलाई पनि राखिएको छ।

सुरज सुनुवारको निर्देशनमा बनेको चलचित्रमा प्रकाश भुजेल, विनीता थापा मगर, प्रेम सुब्बा, पुष्कर कार्की, मनिष राउत, शान्तिला तामाङ, सुष्मा निरौला, सुजाता राई, पवन लिम्बु, दीप चन्द्र राई लगायतको पनि अभिनय छ। नविन मानन्धर तथा निर्देशक सुनुवारको निर्माण रहेको चलचित्रमा सुनिल श्रेष्ठ,अनिल मानन्धर र पिकेश मानन्धर सह-निर्माता छन् । डायमन्ड उप्रेती कार्यकारी निर्माता हुन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu