अन्तरिक्ष यात्री बन्दै प्रदीप खड्का



काठमाडौं। आगामी जेठ १० गते रिलिज हुने चलचित्र ‘पुजार सार्की’का अभिनेता प्रदीप खड्का अब अन्तरिक्ष यात्री बन्ने भएका छन्। उनले अभिनय गर्न लागेको चलचित्र ‘एक्लो-१’मा उनले प्रमुख भूमिका निभाउँदै छन्।

साई-फाई श्रेणीमा बन्ने सो चलचित्रको थिम पोस्टर सार्वजनिक गरिएको छ जसमा अन्तरिक्ष यात्री राखिएको छ। चलचित्रमा प्रमुख भूमिका खड्काको भएको कारण पोस्टरमा देखिएका अन्तरिक्ष यात्री प्रदीप नै हुन सक्छन्।

प्रदीप शाहीको निर्देशनमा बन्न लागेको यो चलचित्र तीन शृङ्खलामा निर्माण हुनेछ। यसमा प्रदीपको जोडी अभिनेत्री बेनिशा हमालसँग बाँधिनेछ। यसमा सुनिल थापा, विजय लामा, दिया पुन, कविता नेपाली, एवनराज उप्रेती लगायतको पनि मुख्य भूमिका रहने छ।

यो चलचित्र सन् २०२५ मा रिलिज गरिने पोस्टरमा उल्लेख छ। अहिले सेट डिजाइन र प्रि-प्रोडक्सनको काम भइरहेको आगामी वर्षको साउन अन्तिम साताबाट छायाङ्कन सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu