‘डिग्री माइला’को अग्रिम बुकिङ खुल्यो, देशभर उल्लेख्य शो



काठमाडौं। चलचित्र ‘डिग्री माइला’को अग्रिम बुकिङ खुलेको छ। बुधवार देखि देशभरका हलहरूमा उल्लेख्य सङ्ख्यामा शो खुलेका छन्।

रामबाबु गुरुङ निर्देशित यो चलचित्रले यो समाचार तयार पर्दासम्म देशभर कुल १ सय ५५ शो पाइसकेको छ। देशको ठुलो हल चेन क्यूएफएक्स बाहेक देशभर ९७ शो पाएको छ। क्यूएफएक्सले ५८ शो दिइसकेको छ। यसमा अझ शो सङ्ख्या थपिने अनुमान छ। वितरक गोविन्द शाहीले विकेन्डमा यो चलचित्रको व्यापार रेकर्ड ब्रेकर हुनसक्ने सङ्केत पाएको बताए। नयाँ वर्ष भएको कारण शुक्रवार र शनिवार गरेर झन्डै ५ करोड व्यापार गर्ने अनुमान गरेको उनले बताए।

ट्रेलर रिलिज भएयता दयाहाङ राई र आँचल शर्माको प्रमुख अभिनय रहेको यस चलचित्रले चर्चा पाइरहेको छ। बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रले मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गर्छ। यसमा दयाहाङ राई, आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu