चलचित्र ‘सारङ्ग’ घोषणा, प्रमुख भूमिकामा ऋचा शर्मा



काठमाडौं। बाल मनोविज्ञान, बाल अधिकार तथा धनी र गरिब परिवारबिचको खाडलको विषयमा चलचित्र ‘सारङ्ग’ बन्ने भएको छ। बिहीबार काठमाडौंमा आयोजित एक समारोहमा चलचित्र घोषणा गरिएको हो।

प्रशान्त तामाङको लेखन तथा निर्देशनमा बन्ने सो चलचित्रमा ऋचा शर्मा, उत्पल झा, समीर मणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, नीरज ब्ल्याक, दीपिका थापा, सुमन सागर जङ्ग केसीका साथमा बाल कलाकार द्वय सम्राट् थापा र आदित्य कार्कीले अभिनय गर्दै छन्।

निर्देशक प्रशान्तले आफूले समाज, घरपरिवारमा देखि, भोगी आएका विषयलाई पर्दामा उतार्न लागेको बताए। अभिनेत्री ऋचाले आफूलाई ‘सारङ्ग’ को स्क्रिप्ट निकै मन परेको बताउँदै यस प्रकारको चलचित्रले समाजलाई सही दिशामा निर्देश गर्न अहम् भूमिका निर्वाह गर्ने राय राखिन्।

चलचित्रको छायाङ्कन वैशाख पहिलो साताबाट हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu