नयाँ वर्ष लक्षित गरी ‘डिग्री माइला’ र ‘द रेड सुटकेस’ रिलिज



काठमाडौं। नयाँ वर्ष २०८१ को अवसर पार्दै दुई नयाँ नेपाली चलचित्रहरू रिलिज भएका छन्। ‘कबड्डी’ शृङ्खलाका रामबाबु गुरुङको निर्देशनमा बनेको ‘डिग्री माइला’ र फिडेल देवकोटा निर्देशित ‘द रेड सुटकेस’ले शुक्रवारबाट प्रदर्शन सुरु गरेका छन्।

देशभर २ सयभन्दा बढी शो सहित ‘डिग्री माइला’ ठुलो ‘स्केल’मा रिलिज भएको छ। यसले घरेलु बक्स अफिसमा सुखद व्यापार गर्ने प्रक्षेपण गरिएको छ। बाँसुरी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा दयाहाङ राई र आँचल शर्मा जोडीको रूपमा छन् भने प्रकाश घिमिरे, माओत्से गुरुङ, विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, हिउँवाला गौतम, सोमनाथ खनाल, पशुपति राई, लोकेन्द्र लेखकको पनि अभिनय छ। आफूभित्रको अहङ्कार र घमन्डलाई नियन्त्रण गर्न नसक्दा त्यसले आफैँलाई पार्ने क्षतिको कथामा फिल्म केन्द्रित छ।

विश्वका प्रतिष्ठित फेस्टिभलको फन्को लगाइसकेको ‘द रेड सुटकेस’ भने देशकै ठुलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा रिलिज भएन। यसमा सौगात मल्ल, विपिन कार्की, सृष्टि श्रेष्ठ, प्रवीण खतिवडा मुख्य भूमिकामा छन्।

यसै गरी चैत ९ गते रिलिज भएको चलचित्र ‘महाजात्रा’ घरेलु बक्स अफिसमा १४ करोड ओभरसिजमा ९ करोड व्यापार सहित चौथो हप्तामा प्रवेश गरेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu