‘रावायण’को लागि एक्सन सिक्दै पल शाह



काठमाडौं। जेठ १० गते रिलिज हुन लागेको नेपाली चलचित्र ‘पुजार सार्की’मा क्रान्तिकारी बनेका अभिनेता पल शाह उनको अर्को चलचित्र ‘रावायण’मा एक्सन भूमिकामा देखिने भएका छन्। चरित्रमा विविधता दिन खोजिरहेका शाहले एक्सनको लागि २० दिनदेखि एक्सनको बन्द प्रशिक्षण लिइरहेका छन्।

उनले उनलाई द्वन्द्व निर्देशक श्री श्रेष्ठले एक्सनको तालिम गराइरहेका छन्। यस चलचित्रमा पल दोहोरो भूमिकामा देखिने जनाइएको छ। सुदर्शन थापाको निर्देशन रहने फिल्ममा पलको जोडी अभिनेत्री पूजा शर्मासँग बाँधिनेछ।

‘रावायण’मा प्रियङ्का कार्की, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदीप ढकालको पनि अभिनय रहनेछ। यसमा शिवम् अधिकारीको लेखन रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu