नयाँ वर्षको अवसरमा ‘यो मन त मेरो नेपाली हो’को पोस्टर सार्वजनिक



काठमाडौं। नयाँ वर्षको अवसर पार्दै चलचित्र ‘यो मन त मेरो नेपाली हो’को पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरलाई नेपालको झन्डा र शान्तिको प्रतीक मानिने सेतो परेवालाई पृष्ठभूमिमा राखिएको छ। पोस्टरमा कलाकारहरू बुद्धि तामाङ, विल्सन विक्रम राई, विजय बराल, रोशन श्रेष्ठ र आयुषा समाललाई राखिएको छ।

नेपाली भाषाको इतिहासलाई बुझाउने जनाइएको यो चलचित्रलाई नर प्रधान (मित्र)ले निर्देशन गरेका छन् । यसमा नारायण खाती, भूपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, विजिता बर्देवा, देवराज राजवंशी लगायतको पनि अभिनय रहेको छ। हालसम्म रिलिज मिति भने तोकिएको छैन।

पद्मा ईश्वर इन्टरटेन्मेन्ट र नर प्रधानको संयुक्त प्रस्तुतिमा निर्माण भएको चलचित्रमा सौरभ लामाको छायाङ्कन, दीपक शर्माको सङ्गीत, शिवम् अधिकारीको लेखन, देव महर्जन द्वन्द्व निर्देशन, समीर मियाँको भिएफएक्स तथा कविराज गहतराजको कोरियोग्राफी रहेको छ। 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu