दयाहाङको जन्मदिनको अवसरमा ‘डिग्री माइला’को शीर्ष गीत सार्वजनिक



काठमाडौं। अभिनेता दयाहाङ राईको जन्मदिनको अवसर पार्दै प्रदर्शनरत नेपाली चलचित्र ‘डिग्री माइला’को शीर्ष गीत ‘म डिग्री माइला हो’ सार्वजनिक गरिएको छ।

स्वप्निल स्मृतिको शब्द रहेको यस गीतमा पवन गिरीको स्वर रहेको छ भने झुमा लिम्बुको सङ्गीत रहेको छ। गीतमा डिग्री माइला बनेका दयाहाङ राई तथा ‘मुना’को भूमिकामा रहेकी आँचल शर्मालाई फिचर गरिएको छ। भिडियो सिनेमाको थिममा आधारित भएर तयार पारिएको छ।

प्रदर्शनको दोस्रो दिन शनिवार बिहानैदेखि यस चलचित्रले हाउस फूल व्यापार गरिरहेको जानकारी निर्माणपक्षले दिएको छ। रामबाबु गुरुङ निर्देशित सिनेमाले आफ्नो शैक्षिक डिग्रीको अहमताले भरिएको पात्र र समाजले ऊप्रति राख्ने अपेक्षा र सोका कारण उत्पन्न परिस्थितिको कथा पेस गर्छ।

यसमा दया र आँचलका अलावा प्रकाश घिमिरे, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल आदिको प्रमुख भूमिका रहेको छ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu