‘एक मुठ्ठी बादल’को छायाङ्कन सकियो, प्रमुख विभागमा महिलाको नेतृत्व



काठमाडौं। आँचल शर्माले प्रमुख अभिनय गरेको चलचित्र ‘एक मुठ्ठी बादल’को छायाङ्कन सकिएको छ। २२ दिनमा प्याक अप भएको यस चलचित्रका मुख्य विभागहरूमा महिला चलचित्रकर्मीहरूले मात्र काम गरेका छन्। यस चलचित्रकी लेखक तथा निर्देशक सहारा शर्मा हुन्।

भियतनामकी लिन ड्यानले छायाङ्कन गरेको यो चलचित्रको प्रोडक्सन डिजाइनमा भारतकी यशस्वी सबरवाल, अडियो मिक्सर प्रियङ्का गायकवाड र प्रमुख सहायक निर्देशकमा मर्णा जेम्स रहेका छन्। कीर्ति जोशीको मेकअप तथा जानकी कडायतले पोसाक विभागको सम्हालेका छन्। आँचलका साथै निशा शर्मा, अस्मिता गौतम, उषा रजक, भीमा मैनाली, शेखर चापागाईँ, मनिष निरौला, गौरव विष्ट, सहयोग राज अधिकारी आदिले पनि अभिनय गरेका छन्।

गौँथली इन्टरटेन्मेन्ट, मन प्रोडक्सन र अन्डरग्राउन्ड टकिजको प्रस्तुति रहेको यसमा निकुन श्रेष्ठ कार्यकारी निर्माता तथा अभिमन्यु दीक्षित, अनुप पौडेल र सामीप्यराज तिमल्सेनाको संयुक्त निर्माण रहेको छ। यो चलचित्र अर्को वर्षभित्र प्रदर्शन गर्ने लक्ष्य राखिएको छ।

डक्सकुल र प्लान इन्टरनेशनल नेपालले सन् २०२१ मा गरेको एक अनुसन्धानले नेपालमा १० प्रतिशतभन्दा कम महिलाहरूले फिल्म निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेको निष्कर्ष निकालेको थियो। यही कुरालाई मध्यनजर गर्दै चलचित्रको मुख्य विधाहरूमा महिलालाई चयन गरिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu