डिग्री माइला: दुई दिनमा ३ करोड भन्दा बढीको व्यापार



काठमाडौं। नयाँ वर्ष २०८१ को अवसर पार्दै प्रदर्शनमा आएको चलचित्र ‘डिग्री माइला’ले सुरुवातको दुई दिन आक्रामक व्यापार गरेको छ। शुक्रवार ९८ लाखको व्यापार गरेको यसले नयाँ वर्षको दिन (दोस्रो दिन) भने २ करोड ८ लाखको व्यापार गरेको वितरकले जनाएका छन्।

बाँसुरी फिल्मस, कबड्डी फिल्मस र सुस्मा फिल्मसले मिलेर निर्माण गरेको यो चलचित्रले मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गर्छ। यसमा दयाहाङ राई, आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय रहेको छ।

अभिनेता दयाहाङले शनिवार दर्शकसँग केक काटेर जन्मदिनसमेत सेलिब्रेसन गरेका थिए। दर्शकको उत्साहसँग जन्मदिन मनाउनु पाउनुको सन्तुष्टी बेग्लै हुने उनले बताए। डिग्री माइलाले दिन खोजेको सन्देश ग्रहण गरेको प्रतिक्रिया हल भिजिटको क्रममा दर्शकबाट मिलेको पाउँदा आफुहरु त्यसमा सफल भएको आभाष गरेको उनले सुनाए।

अभिनेत्री आँचलले दर्शकको उच्च साथ पाउँदा उत्साहीत भएको बताइन्। आगामी दिनमा पनि दर्शकबाट यस्तै साथ र मायाको अपेक्षा रहेको बताइन्।

यसका निर्माताहरू विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार, सुष्मा गुरुङ तथा कार्यकारी निर्माता कृश लामा हुन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu