भ्याली ग्रुपको ब्रान्ड एम्बेसडरमा चलचित्र पत्रकार भट्टराई



काठमाडौं। मासु प्रशोधनसँगै आधुनिक दाना उद्योग, आधुनिक ह्याचरी उद्योग, पोल्ट्री तथा फास्ट फुड चेन रेस्टुरेन्टमा लगानी गरिरहेको भ्याली ग्रुपको ब्रान्ड एम्बेसडरमा चलचित्र पत्रकार एवम् सञ्चारकर्मी नरेश भट्टराई नियुक्त भएका छन्।

सोमबार ग्रुपका संस्थापक अध्यक्ष हरिकृष्ण रावलले भट्टराईलाई सम्झौता पत्र हस्तान्तरण गरेका छन्। यस ग्रुपको उत्पादनसँगै स्वास्थ्यकर मासुको उपभोगमा जनचेतना जगाउन सहकार्य गर्दै सञ्चारकर्मी भट्टराईलाई कम्पनीले ब्रान्ड एम्बेस्डरको रूपमा सहकार्य गरिएको बताइएको छ। भट्टराईले भ्याली ग्रुपसँग आबद्ध हुन पाएकोमा खुसी व्यक्त गरे।

वि.सं. २०४१ सालमा स्थापित भ्याली ग्रुप पोल्ट्री व्यवसाय सम्बन्धी खोज र अनुसन्धानमा समेत संलग्न छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu