चलचित्र क्षेत्रलाई सरकारले आवश्यक सहयोग गर्छ: मन्त्री भण्डारी



काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाली चलचित्र क्षेत्रलाई सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सवमा छनोटमा परेका चलचित्रलाई प्रमाणपत्र प्रदान गर्न सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रूपमा पुगेका भण्डारीले सामाजिक विषय बस्तुलाई कथा मार्फत उजागर गर्ने माध्यम चलचित्र रहेको भन्दै प्रशंसा गरे। मन्त्री भण्डारीले कलाकार नै देशको गहना भएकाले सरकारले कलाकार र चलचित्र क्षेत्रलाई उद्योगको रूपमा विस्तार गर्ने लक्ष्य रहेको बताए।

आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र भन्ने मूल नाराका साथ सेलीब्रेटी नेपालको आयोजनामा यही वैशाख ६ देखी ८ गते सम्म रामेछाप जिल्लाको रामेछाप नगरपालिकाको गौरीशङ्कर उच्च मा.वि.मा महोत्सव हुँदै छ। महोत्सवमा ग्रामीण कथावस्तुमा आधारित चलचित्र मात्र सहभागी गराउने आयोजक संस्थाका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए।

नेपाल ग्रामीण चलचित्र महोत्सव तीन वर्ष यता चलचित्र घर नभएका जिल्लाहरूमा हुँदै आएको छ। यसमा लघु चलचित्र, वृत्तचित्र र कथानक चलचित्रहरू समावेश हुन्छन्। साथै, अन्तरक्रिया तथा कार्यशाला गोष्ठी पनि महोत्सवमा आयोजना हुने गरेको छ।

तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सवमा छनोटमा परेका चलचित्रहरू:
कथानक चलचित्र
नाङ्गो गाउँ, दिमाग खराब, विच्छेद, सतीदेवी

लघु चलचित्र
द डार्क बेकन, सिगरेट, सिपाहीको छोरो, द ग्रेट मुखिया, डिस्पेयर, रित्तो गाउँ, आमा, स्यालुट, अन्तै माया

वृत्तचित्र
आग्रे, स्नो लेपार्ड, इट्टा भट्टा, बनकरिया

भाषिक चलचित्र
लिलामे माइला, माराङ, स्वयनगु

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu