अभिनयको लागि दिव्याले छोडिन अमेरिका, छोरीको लागि दिलीप पनि फर्के



काठमाडौँ। अभिनेता दिलीप रायमाझीको छोरी दिव्याले चलचित्रमा अभिनय गर्नकै लागि अमेरिका बसाई छोडेर नेपाल फर्केकी छन्। दिव्यासँगै पिता दिलीप र आमा पनि नेपाल फर्केका छन्। 

केही वर्ष अगाडि परिवारसहित अमेरिका पुगेका दिलीप अब नेपाल नै बस्ने गरी काठमाडौँ आएका हुन्। दिलीपले बानेश्वर क्षेत्रमा घर पनि किनेका छन्। एक साता अघि उनीहरू नेपाल आएका हुन्।

उनी जेठ १० गते रिलिज हुने चलचित्र ’पुजार सार्की’का अभिनेता प्रदीप खड्कासँग ‘एक्टोर’ चलचित्रमा काम गर्नका लागि आएकी हुन्। हाल प्रदीप र दिव्या वर्कसपमा छन्। चलचित्रको छायाङ्कनको बेला मात्र दिव्यालाई मिडियासँग साक्षात्कार गराउने बताइएको छ। 

यो चलचित्र दिव्याको पहिलो चलचित्र हो। उनले अर्को चलचित्र ‘वरिष्ठ बलराम’मा पनि अभिनय गर्दै छिन्। 

एक्टोरलाई राजन भुसालले निर्देशन गर्दै छन् भने थमन भण्डारी निर्माता हुन्। 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu