काठमाडौं। गत साता रिलिज भएको नेपाली चलचित्र ‘डिग्री माइला’का दर्शक भेट्न अभिनेता दयाहाङ राई पूर्वी नेपालको यात्रामा निस्किएका छन्। उनले काठमाडौंका हलमा पुगी दर्शकसँग साक्षात्कार गरेपछि पूर्वबाट मोफसल यात्रा सुरु गरेका हुन्।
मङ्गलवार दयासँगै आँचल शर्मा, विजय बराल र कार्यकारी निर्माता मणिराम पोखरेल कोसी प्रदेशको राजधानी विराटनगर तर्फ लागेका छन्। त्यहाँबाट सुरु हुने भेटघाट बिर्तामोड पुगेर टुङ्गिने निर्माता मणिराम पोखरेलले बताए। उनीहरूले पूर्वमा भएका सबै हलमा भेटघाट गर्ने योजना बनाएका छन्।
रामबाबु गुरुङ निर्देशित यस चलचित्रले घरेलु बक्स अफिसमा सुखद व्यापार गरिरहेको छ।